दफा १६१
अदालतको अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्ने

(१) माथवरले आफ्नो माथवरीमा रहेको कुनै व्यक्तिको पालनपोषण गर्दा, शिक्षा दिक्षा दिँदा वा औषधि उपचार गर्दा निजको चल सम्पत्तिबाट नभ्याउने रहेछ भने त्यस प्रयोजनको लागि अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न त्यसको कारण खुलाई अनुमतिको लागि अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा त्यस्तो अचल सम्पत्ति बिक्री गर्नु पर्ने कारण मनासिब देखेमा अदालतले उचित ठाने बमोजिम अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न अनुमति दिन सक्नेछ ।